• असार २१ २०८१, बिहीबार

ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

असार १९ २०८१, मंगलवार

काठमाडौं ।  नेपाली कांग्रेससँगको सहकार्यमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी अवस्थामा रहेका छन् ।

एमालेका एक मन्त्रीले भने– ‘हामी १ बजेसम्ममा सम्भवतः प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाइ सक्छौँ।’ ती मन्त्रीका अनुसार आज नै नयाँ सरकार बन्न सक्ने भएकाले प्रधानमन्त्रीलाई पनि ओलीले भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने स्रोतले बताएको छ ।