• असार २१ २०८१, बिहीबार

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन कात्तिकमा हुने

असार १८ २०८१, सोमबार

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय महाधिवेशन कात्तिकमा हुने भएको छ । सो पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समितिको काठमाडौँमा सम्पन्न बैठकले उक्त निणर्य गरेको हो ।

पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा आइतबार सम्पन्न बैठकले पार्टीको महाधिवेशन कात्तिक २ गते काठमाडौँमा उद्घाटन गर्ने निणर्य गरेको श्रोतले बताएको छ ।

केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक असार ११ गतेदेखि असार १६ गतेसम्म चलेको थियो ।