• असार २० २०८१, बुधबार

महामन्त्री डा.मुकुल ढकालमाथि कारबाही गर्ने तयारीमा रास्वपा

असार १८ २०८१, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही हुनसक्ने बताएका छन् । श्रम तथा रोजगारमन्त्री समेत रहेका उनले कारबाही सम्बन्धमा १९ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिन सक्ने स्पष्ट पारे ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग मन्त्री अर्याले भने, ‘उहाँ (ढकाल)लाई पार्टीले जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पूरा गर्नुभएको होला । पार्टी सभापतिलाई बुझाउनुभएको छ । त्यो बैठकबाट के गर्नुपर्ने हो, सबै सार्वजनिक हुन्छ । हामीले भन्दा पनि पार्टीको अनुशासनबाट बाहिर जान्छ भने कारबाही हुन सक्छ । त्यो मलाई पनि उहाँलाई र सभापतिलाई कारबाही हुने विषय हो ।’

ढकालले केही समय पहिले विभिन्न जिल्ला पुगेर पार्टीको अवस्थाबारे समीक्षा गरी प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । तर निराशाजनक पत्र पेस गरेकोमा ढकालमाथि नेताहरूले असन्तुष्टि पोखेका थिए ।