• असार २० २०८१, बुधबार

कांग्रेस नेतृ आरजु राणाले दिइन् प्रेस काउन्सिलमा उजुरी

असार १८ २०८१, सोमबार

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाले भ्रामक समाचार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएकी छिन् ।

तथ्यहीन र भ्रामक समाचार लेखेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै नेतृ देउवाले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् ।

‘माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन र प्रसारण भएका समाचारहरू तथ्यहीन, भ्रामक रहेको र उहाँको चरित्र हत्या गर्ने मनसायले प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक, र समाचार तयार गर्ने सञ्चारकर्मीलाई कानुन अनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु,’ उनका स्वकीय सचिव कमल रावलले दिएको उजुरीमा उल्लेख छ ।