काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ बजेर १५ मिनेटमा सुरु भएको बैठकमा एकजना पनि मन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीअनुसार बैठकमा मन्त्रिपरिषद्को सदस्य उपस्थित हुनुपर्छ । कांग्रेसका रामकृष्ण यादवले कुनै मन्त्रीको उपस्थिति नरहेको भन्दै नियमापति गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरे । आजको बैठकमा गृह, अर्थ र शिक्षामन्त्रीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो ।