• मंसिर १२ २०८१, बुधबार

रञ्जितालाई हटाएर नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेतामा गंगाराम चयन

असार १८ २०८१, सोमबार

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् ।

अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् ।
गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।