• असार २० २०८१, बुधबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असार १७ २०८१, आईतवार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढेको हो ।

हवाइ इन्धन र एलपी ग्यासको मूल्य यथावत् छ । नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ ।