• असार १९ २०८१, मंगलवार

साहित्यकार तारा केसी चारूशीला प्रतिभा पुरस्कारबाट सम्मानित

असार १७ २०८१, आईतवार

काठमाडौं । चालिसको दशकदेखि नेपाली भाषा, साहित्यमा कलम चलाउँदै आएकी साहित्यकार तारा केसीले बालसाहित्य, कविता, मुक्तक, लघुकथा, कथा, नाटक सृजना र विस्तारमा व्यक्तिगत तथा संस्थागत रूपमा दिएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै बाल साहित्य सर्जक, कवियित्री, मुक्तककार, कथाकार एवम् सशक्त नारी हस्ताक्षर तारा केसीलाई चारूशीला प्रतिभा पुरस्कार–२०७९ बाट सम्मान गरिएको छ ।

चारूशीला वाङ्ममय प्रतिष्ठानका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य सचिव डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा केसी लगायत १४ जना स्रष्टाहरू डा. सत्यराज थपलिया, हिरण्यकुमारी पाठक, डा. बिष्णुकुमार खत्री, ममता मृदुल, अर्चितबाबु मर्सिफुल, प्रतिष्ठा केसी, शशीप्रसाद बजगाईं, गीता श्री शर्मा, यशु श्रेष्ठ, आर्या पण्डित, पुष्पा महत सम्मानित भएका छन् ।

संस्थाकी उपाध्यक्ष रञ्जना निरौलाले स्वागत मन्तव्य र संस्थाकी सचिव अनुपम रेग्मीले कार्यक्रम सञ्चालन गरेकी थिइन् सम्मानित स्रष्टाहरूको तर्फबाट डा.सत्यराज थपलियाले मन्तव्य राखेका थिए ।