• असार १९ २०८१, मंगलवार

एआईबाट बनाइएको प्रितम श्रेष्ठको ‘मायालुु’ मा दिपिका र मुकुन्दको रोमान्स (भिडियो)

असार १७ २०८१, आईतवार

काठमाडौं । गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो ‘मायालु’ सार्वजनिक गरेका छन् । ‘मायालुु’ गीतको संगीत एआई प्रयोग गरेर कम्पोज गरिएको छ, जसमा गायन र संगीत एआईबाट तयार गरिएको हो तर, सम्पूर्ण प्राविधिक अवधारणा प्रितम श्रेष्ठले दिएका हुन् ।

म्युजिक भिडियोमा दिपिका थापा र मुकुन्द भट्टको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । महेश महराले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । प्रविन थापाको निर्देशनमा तयार पारिएको भिडियोलाई गीतकार श्रेष्ठको युट्युव च्यानल प्रितम श्रेष्ठमार्फत् सार्वजनिक गरिएको हो ।

यसअघि गीतकार श्रेष्ठले आफ्नो पहिलो म्यूजिक भिडियो ‘तिमी हिँड्ने गल्लि’ ल्याएका थिए, जसको शब्द लेखन प्रितम श्रेष्ठ आफैले गरेका थिए भने संगीत तथा गायन गजल गायक थानेश्वर गौतमले गरेका थिए ।

हाल गीतकार श्रेष्ठ सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बस्दै आएका छन् । उनी सानै उमेरदेखि नेपाली गजल र गीत लेखनमा लागेका थिए । नेपालबाट टाढा भए पनि उनले नेपाली गजल र गीत लेखनलाई निरन्तरता दिइरहेका छन् ।