• असार २० २०८१, बुधबार

किष्ट अस्पतालले गर्यो, थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण

असार १७ २०८१, आईतवार

१६ असार, काठमाडौं । किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ । कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आईसीयूमा उपचार भइरहको अस्पतालले जनाएको छ ।

योसँगै किष्टले ७ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ । अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेजो र मृर्गौंला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ ।