• असार १९ २०८१, मंगलवार

हातखुट्टा झमझमाउने समस्या किन हुन्छ?

असार १७ २०८१, आईतवार

हातखुट्टा झमझमाउने समस्या हुनुका कारण

-शरीरमा भिटामिनको कमीका कारण पनि हातखुट्टा झमझमाउन सक्छ । यसको कमीले शरीरका नसाहरु कमजोर हुने भएकाले   झमझमाउने समस्या हुन्छ ।

-लामो समयसम्म एउटै पोजिसनमा बस्दा पनि हातखुट्टा झमझमाउन सक्छ ।

-शरीरमा रक्तसञ्चार सामान्य नहुँदा स्नायुमा असर पार्छ, जसकारण शरीरका धेरै भागमा अक्सिजन पुग्दैन र हातखुट्टा झमझमाउछ ।

यीबाहेक हातखुट्टा झमझमाउने कारण विभिन्न रोगको संकेत हुन सक्छ । थाइराइड, हातखुट्टामा झुकेर काम गर्दा नसा च्यापिनु, मिर्गौला, मधुमेहका बिरामीमा पनि लक्षणको रुपमा हातखुट्टा झमझमाउनु एक संकेत हो ।

मिर्गौलाका समस्या भएका व्यक्तिमा प्रत्यक्ष असर स्नायुमा पर्छ, जसकारण स्नायु कमजोर हुन्छ । मिर्गौला फेल हुँदा पनि शरीरमा केही तरल पदार्थ जम्मा हुन थाल्छ, जसले स्नायुमा नराम्रो प्रभाव पार्छ र हातखुट्टा झमझमाउने हुन थाल्छ ।

त्यस्तै, महुमेहका बिरामीमा झमझम हुनु एक  लक्षण हुन सक्छ । मधुमेह रोगीको शरीरमा रगतमा चिनी र इन्सुलिन बढ्न थाल्छ, जसले स्नायुमा असर गर्छ । मधुमेह अनियन्त्रित हुँदा  बारम्बार यस्तो महसुस हुन्छ । यसैगरी बाथरोगका बिरामी, डिप्रेसन वा एन्जाइटीको समस्या भएकालाई पनि हातखुट्टा झमझझाउने समस्या देखा पर्न सक्छ ।

सुनिल डा. कोइराला(न्युरोलोजिस्ट)