• असार १८ २०८१, सोमबार

यो साता सुनको मूल्य २९ सय रुपैयाँले घट्यो

असार १६ २०८१, शनिबार

काठमाडौँ । यो साता स्थानीय बजारमा सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार २९ सय रुपैयाँले मूल्य घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ छ ।

यो साताको सुरुदेखि नै सुनको मूल्य ओरालो लागेको थियो । आइतबार तोलामा २७ सय रुपैयाँले घटेको थियो । सोमबार ३०० रुपैयाँले बढेको मूल्य मंगलबार सोही कायम रह्यो । यस्तै मंगलबार तोलामा ७०० ले घटेको थियो भने बुधबार र विहीबार पनि मूल्य घटेर कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १८ सय ६५ रुपैयाँ थियो । जुन, यो साता तोलामा १७ सय ९० रुपैयाँ कायम छ ।