• असार १८ २०८१, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ

असार १६ २०८१, शनिबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ परेका झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।परिसरले गरेको पहिलो चरणको अनुसन्धानमा उनी पक्राउ परेका थिएनन् ।

शुक्रबार नै परिसरको टोलीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई बौद्धबाट पक्राउ गरेको थियो । उनीहरु दुवैजना विरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ ।