• असार १८ २०८१, सोमबार

प्रधानमन्त्री दाहालले चितवनमा रोपे मेसिनबाट धान

असार १६ २०८१, शनिबार

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धान रोपेका छन् ।  २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोपेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको सौराहास्थित बछुलीमा मेसिनबाट धान रोपेका हुन् । रोपाइँपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।

धान दिवसका अवसरमा प्रधानमन्त्रीदेखि सरकारका उच्च पदस्थ व्यक्तिहरू विभिन्न ठाउँमा आयोजना हुने रोपाइँ महोत्सवमा सहभागी हुन्छन् ।