• असार १८ २०८१, सोमबार

सर्पले टोके के गर्ने ? के नगर्ने ?

असार १५ २०८१, शुक्रबार

गर्मीयाम तथा बर्खायाममा हिमाल, पहाड भन्दा पनि तराई क्षेत्रका धरै मानिसहरूले सर्पको टोकाइबाट ज्यान गुमाएका छन् । नेपालमा पाइने सर्प मध्ये २० प्रजातिका सर्पहरू मात्र विषालु हुन्छन् । अझ त्यसमा पनि कोब्रा, करेत र दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन् । धेरै मानीसहरूको सर्प देख्नासाथ डराउने बानी हुन्छ । तर, सर्प देख्नासाथ त्रसित हुनुपर्ने आवश्यक छैन ।

हाम्रो लापरवाहीकै कारणले सर्पले टोक्ने गरेको पाइन्छ । यदि हामीले सावधानी अपनायौं भने हामी सर्पको टोकाइबाट बच्न सक्छौँ । विषालु सर्पले टोकेपछि उपचार पनि सम्भव हुँदैन । त्यसकारण हामीले सर्पको डसाइ पछि उपचार गर्नुभन्दा पनि सर्पको डसाइबाट नै बच्नु उत्तम हुन्छ ।

सर्पको टोकाइबाट जोगिन के गर्ने ?
सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।
रातीमा हिड्दा जुत्ता वा गमबुट लगाउने ।
घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।
जमिनका दुलाहरु टाल्ने ।
पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।
सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।
सधै झुल टाँगेर सुत्ने ।

सर्पले टोकिहालेमा के गर्ने ?
सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने बाध्ने नगर्ने ।
टोकेको ठाँउलाई चल्न नदिई स्थिर राख्ने ।
मलम र रासायनी पदार्थ तातो चिसो प्रयोग नगर्ने ।
विरामीको आत्मविश्वास कायम राख्नका लागि सहयोग गर्ने ।
धामी झाक्री तिर नलाग्ने ।
विष सोस्ने ढुंगाको पछि नलाग्ने ।
सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुरयाउने