• असार १७ २०८१, आईतवार

भारतमा अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ६३ पुग्यो

असार १४ २०८१, बिहीबार

नयाँ दिल्ली । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ ।

भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ भने तमिलनाडू राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो ।

तमिलनाडू राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्थरमा बनेको मदिरा पिएकामध्ये केही व्यक्तिले आँखा निकै कमजोर भएको बताएका छन् । यस घटनामा मृत्यु हुने व्यक्तिको पुष्टि गर्दै जिल्ला प्रहरी प्रमुख रजत चतुर्वेदीले घातक मदिरा पिएका १०० भन्दा बढी व्यक्तिलाई सुरूमा अस्पताल लगिएको जनाकारी दिए ।

तमिलनाडूका राजनीतिक दलसँग सम्बद्ध सांसदहरूले मदिराका कारण धेरै व्यक्तिको मदिरा सेवन गरेका कारण मृत्यु भएको भन्दै बुधबार मुख्यमन्त्रीको राजिनामा माग गर्दै विरोध प्रदर्शन गरेपछि राज्यसभा (विधायिका) बाट निष्कासित भएका छन् ।

कल्लाकुरिची जिल्लाका गरिब मजदुरहरूले नियमित रूपमा प्लास्टिकको झोलामा ६० रुपैयाँ लागतको रक्सी किनी काम गर्नु अघि पिउँथे । उनीहरूले पिउने स्थानीय उत्पादनको यो ब्याच विनाशकारी सावित भएको छ । तमिलनाडू सुख्खा राज्य नभए पनि कालो बजारमा कारोबार हुने रक्सी कानुनी रूपमा बेचिने रक्सीभन्दा कम मूल्यमा आउँछ ।