• असार १७ २०८१, आईतवार

मदिरा सेवन गरी कर्मचारीसित झगडा गरेपछि विमानस्थलबाटै फर्काइए राजेश पायल राई

असार १४ २०८१, बिहीबार

काठमाडौं । दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो ।

‘उहाँले धेरै मदिरा सेवन गरेकाले एयरलाइन्सले फर्कायो । हामीले उहाँलाई घर फर्किन अनुरोध र्गयौं,’ कार्यालयका प्रवक्ता एसएसपी डम्बरबहादुर विकले भने, ‘सुरूमा मान्नुभएको थिएन । तर पछि हामीले ट्याक्सीमा हालेर घर पठायौं ।’

राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत् जान सक्ने प्रहरीले जनाएको छ । उनी मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन् ।