काठमाडाै । राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौंको सिफलमा सरेको छ । काठमाडौं महानगरपालिका –७ सिफलस्थित पाशुपत क्षेत्रमा रहेको अढाई तल्ले भवनमा कार्यालय सरेको हो ।
पुरानो कार्यालयमा पार्किङको अभाव तथा बैठक कक्ष र पदाधिकारीहरूका लागि कार्यकक्षको कमी भएकाले नयाँ ठाउँमा कार्यालय सार्नुपरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । अहिले सरेको ठाउँमा सबै आन्तरिक व्यवस्थापन मिलाइएको र सचिवालयले कामसमेत सुरु गरिसकेको तथा कार्यसम्पादन समितिको बैठक समेत बसिसकेको पार्टीले जनाएको छ ।