• फाल्गुन २४ २०८२, आईतवार

एसईईको नतिजा प्रकाशित,४७.८६ प्रतिशत मात्रै ‘ग्रेडिङ’ प्राप्त

असार १३ २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)- २०८० को नतिजा आज सार्वजनिक गरेको छ ।

नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गरेको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरेको  जानकारी दिए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ ।

परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
नतिजा हेर्ने तरिका
आफ्नो मोबाईलको ???????????????????????????? ???????????? मा गइ ????????????<space> ???????????????????????? ???????????????????????? लेखि ३४९४९ मा ???????????? पठाई ???????????? २०८० को नतिजा हेर्न सक्नुहुने छ ।