• बैशाख ९ २०८२, मंगलवार

एसईईको नतिजा सार्वजनिक, कति विद्यार्थी पास भए ?

असार १४ २०८१, बिहीबार

काठमाडौँ । एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।

५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ पद्धति (तेस्रो संशोधनसहित) अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी) हुनेछन् ।

जसमा सैद्धान्तिक ७५  पूर्णांकका विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५  पूर्णांकमा कम्तीमा १० अङ्क प्राप्त गरेको हुनुपर्छ ।

अर्थात् जम्मा १००  पूर्णांकमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अङ्क आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।

०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए ।