• आश्विन १३ २०८१, आईतवार

कांग्रेसका जनजाति नेताहरुबीच कुटाकुट, जीतबहादुर र चन्द्रबहादुर पक्राउ

असार १३ २०८१, बुधबार

काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रामेछापको जिल्ला अधिवेशनमा भएको दुई पक्षबीचको झगडा प्रहरी कार्यालयसम्म पुगेको छ ।

गएको जेठ ५ मा भएको अधिवेशनका क्रममा मर्यादाक्रम नमिलाई आशन ग्रहण गराएको विषयमा विवाद भएको थियो । विवाद पछि वीरबहादुर तामाङसमूहले जीतबहादुर मगर समूहमाथि कुटपिट गरेको थियो ।

तामाङ समूहले ज्यानमार्ने नियतका साथ हातपात गरेको मगर पक्षको आरोप छ । अहिले यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ । दुवै पक्षको जोहेरी प्रहरीले दर्ता गराएर अनुसन्धान थालेको छ ।

गएको शुक्रबारमात्रै काठमाडौं प्रहरीको सहयोगमा रामेछाप प्रहरीले जीतबहादुर मगर र चन्द्रबहादुर मगरलाई पक्राउ गरिएको थियो ।

वीरबहादुर तामाङलाई भने जाहेरवालाले नै समातेर प्रहरीमा बुझाएको बताइएको छ । वीरबहादुरको तर्फबाट पनि जाहेरी परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप कुमार सिंहले कार्यक्रममा भएको झगडाबारे दुवै पक्षले जाहेरी दिएको बताए ।

“दुवै पक्षले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । घटनाको भिडियो हेर्दा कुटाकुट भएको देखिन्छ । हामीले दुवैपक्षको जाहेरी दर्ता गराएर अनुसन्धान गर्दैछौ,” डीएसपी सिंहले भने ।
प्रमुख अतिथि पछिको चौथो नम्बरमा आफू रहुनपर्ने भन्दै वीरबहादुर तामाङसमूहले होहल्ला गरेको बताइएको छ । होहल्लापछि हल बाहिर निस्किएर उनी निकट युवाहरुले जीतबहादुरमाथि हातपात गरेका थिए ।

पक्राउ परेका जीतबहादुर नेपाली कांग्रेस पार्टीको तर्फबाट २०७४ सालको निर्वाचनमा रामेछाप जिल्ला क्षेत्र नं. १ प्रदेश सभा (ख) का उमेदवार समेत हुन् । वाग्मती प्रदेश सदस्य पनि हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रामेछापका सभापति तथा प्रतिनिधि सभा सदस्य पूणर्बहादुर तामाङ (कान्छाराम) र विशेष अतिथि पूर्व-सभापति रामचन्द्र खड्का थिए ।

रामेछापका पूर्वजिल्ला सभापति लबश्री न्यौपानेले राजनीतिक मुद्दाका विषयमा झडप हुनु र मुद्दा प्रहरीसम्म पुग्नु कांग्रेसका लागि दुःखद भएको बताए ।