• असार १६ २०८१, शनिबार

पार्टीप्रतिको जनमत घट्यो, अब बालेनसित मिलौं : रास्वपा महामन्त्री डा. ढकाल

असार १३ २०८१, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । उपनिर्वाचन लगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीकोे जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने विश्लेषण गरेका छन् ।

सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको जिकिर गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको समेत उल्लेख गरेका छन् ।

आफूले तयार गरेको प्रतिवेदन बुधबार नै पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्न लागेको उनले बताए । महामन्त्री ढकालले भागवत गीतालाई आफूले सधैँ मानेको र श्रीकृष्णको वचनलाई सधै टेरेको भन्दै गीताको प्रसंगलाई पनि उल्लेख गरेका छन् ।

त्यहाँ श्रीकृष्णले नभन्नु भने पनि आफूले पार्टीलाई जन्मदाताकै रूपमा लिएको र नेपाली जनताको आशाको रूपमा पार्टी रहेकाले समयमै विषय उठाएको बताए ।