• आश्विन १३ २०८१, आईतवार

बास्ताखोलाको बाढीका कारण विराटनगर विमानस्थलमा उडान अवतरण अवरुद्ध

असार १३ २०८१, बुधबार

विराटनगर । बास्ताखोलाको बाढी विमानस्थलको पार्किङ क्षेत्रमा पसेपछि विराटनगर विमानस्थलको उडान–अवतरण रोकिएको छ ।लगातारको वर्षापछि विमानस्थलको ट्याक्सी वे र पार्कीङमा खोलाबाट ओभर फ्लो भएको पानी पसेको हो । विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीका अनुसार तत्काल विमानस्थल गतिविधि अवरुद्ध बनेको छ ।

वर्षा रोकिएको र पानीले निकास पाएसँगै प्राविधिक परीक्षण गरेर विमानस्थल चालु गर्ने भण्डारीले बताए । २०७८ कात्तिकमा केसलीया खोलाको बाढी बास्ता खोला हुँदै विराटगर विमानस्थलभित्र पसेपछि पाँच दिन उडान–अवतरण रोकिएको थियो ।