• मंसिर १३ २०८१, बिहीबार

राजदूत सिफारिसकाे कमजमेरी सच्याइन्छ : प्रधानमन्त्री प्रचण्ड

असार १२ २०८१, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतको नियुक्ति सच्याइने बताएका छन् ।

मंगलबा प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१–८२ मा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कमी, कमजोरी रहेको भए राजदूत नियुक्ति सच्याइने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राजदूत नियुक्त गर्दा आफूले मेरिटका आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएका नामलाई नियुक्तका लागि सिफारिस गरेको बताए । उनले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताए ।

प्रधानमन्त्री प्रचण्डले राजदूत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूतलाई फिर्ता बोलाउने प्रचलन भए पनि आफूले राजदूतहरूलाई तीन महिना काम गर्न दिएको बताए ।