• मंसिर ११ २०८१, मंगलवार

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश

असार १२ २०८१, मंगलवार

काठमाडाै‌ । आईसीसी टी २० विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेसँगै अस्ट्रेलिया सुपर ८ बाटै बाहिरिएको छ ।

आज बिहान भएको खेल वर्षाका कारण पटक–पटक प्रभावित भएको थियो । जसमा अफगानिस्तानले बंगलादेशविरुद्ध ८ रनको जित (डीएलएस मेथडबाट) निकालेको हो ।

सुरुवाति ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । ११६ रनको जवाफी लक्ष्य पछ्याउँदै बंगलादेश जवाफी ब्याटिङमा उत्रिएको थियो । जसमा वर्षका कारण खेल १९ ओभरमा झारेर ११४ रनको लक्ष्य दिइएको थियो । तर, बंगलादेश १०५ रन बनाउँदै अलआउट भएको हो ।

यससँगै सेमिफाइनलको समीकरण पूरा भएको छ । दक्षिण अफ्रिका, इङ्ल्यान्ड, भारत र अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् ।