• मंसिर १२ २०८१, बुधबार

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज बस्दै

असार १२ २०८१, मंगलवार

काठमाडाै‌ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक मंगलबार बस्ने भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल र चीनका तर्फबाट उपविदेशमन्त्री सुन वेइतोङले गर्दैछन् । यसअघि संयन्त्रको बैठक २०७९ चैतमा बेइजिङमा भएको थियो ।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो संयन्त्रको सोह्रौं बैठक हो ।

बैठकमा सहभागी हुन उपविदेशमन्त्री सुन सोमबार काठमाडौं आइसकेका छन् । सोमबार नै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । बिुधबारसम्म नेपालमा रहने सुनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।