• आश्विन १३ २०८१, आईतवार

आज विदेशी मुद्राको विनिमय दर कति ?

असार १२ २०८१, मंगलवार

काठमाडौं  । नेपाल राष्ट्र बैंकले  आज २०८१ साल असार ११ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार  मंगलबार अमेरिकी डलर र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने युरो र बेलायती पाउण्डको दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।