सोल । दक्षिण कोरियाको एक लिथियम ब्याट्री उद्योगमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । राजधानी सोल नजिकैको उद्योगमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोरियाली अधिकारीले ५ जना हराएको बताएका छन् । उनले चिनियाँसहित केही विदेशी कामदार हराइरहेको बताए । सोलस्थित नेपाली दूतावासले सो आगलागीमा नेपाली परेको वा नपरेको भन्ने पुष्टि नभएको बताएको छ ।
दूतावासकी उपसचिव चन्द्रकला वलीले कोरियाली अधिकारीसँग यो विषयमा जानकारी लिइएको बताइन् । फोन सम्पर्कमा आएकी उनले हालसम्म नेपाली परेको वा नपरेको भन्ने विषयमा पुष्टि नभएको बताइन् । उनले कतैबाट पनि नआएको बताइन् ।