• आश्विन १३ २०८१, आईतवार

यस्ता छन् धेरै खुट्टा दुख्नुका कारण

असार ११ २०८१, सोमबार

खुट्टाको दुखाइ विशेषगरी खुट्टाको कुर्कुच्चा, पैंताला लगायत भागमा बढी हुने गर्छ।

यस्तो दुखाइ सामान्यदेखि असह्य हुने सम्मको अवस्थामा पुग्न सक्छ । कसैलाई थोरै समय र कसैलाई लामो समयसम्म यस्तो पीडा रहन्छ ।कतिपय पीडा सामान्य उपचारपछि घरमै ठीक हुन्छ भने लामो समयसम्म पीडा भइरहेमा चिकित्सकको परामर्श लिनुपर्छ ।

खुट्टा धेरै दुख्ने कारण यस्ता छन्ः

१. प्लेन्टर फेसिसीटिज
खुट्टाको अगाडिको भागदेखि कुर्कुचासम्म जाने तन्तुलाई प्लेन्टर फेसिसीटिज भनिन्छ । जब यसमा दबाव पर्छ तब खुट्टा सुन्निने तथा दुख्ने समस्या हुन्छ । प्लेन्टर फेसिसीटिज कुर्कुचा दुख्ने सबैभन्दा सामान्य समस्या मध्ये एक हो । यदी तपाईंलाई प्रायः कुर्कुच्चामा दुखाइ हुन्छ भने, तपाईंको प्लेन्टर फेसिसीटिजमा कुनै प्रकारको दवाव हुनु सक्छ । यो दुखाई मोटोपन र लामो समयसम्म उभिने कारणले पनि हुन सक्छ । यस्तो दुखाई सुतेर उठ्दा बढी अनुभव हुन्छ ।
२. मोर्टन न्यूरोमा
यो एउटा पिडादायी अवस्था हो । यसले गर्दा नसाहरुमा जलन तथा कडा खालको दुखाई हुन्छ । यस्तो पीडा कहिलेकाँही दिन र रात जतिबेला पनि हुने गर्दछ । विशेष गरी जब तपाईं हिड्नुहुन्छ वा खुट्टामा धेरै दवाब पर्ने काम गर्नुहुन्छ यो दुखाई शुरु हुन्छ ।
३. नसामा दवाव
तपाईंको घुँडाको नसामा दबाब छ भने पनि यसले टार्सल टनेल सिन्ड्रोम निम्त्याउँछ । कम्मरको छेउमा रहेको साइयाटिक नर्भमा दबावका कारण पनि खुट्टामा दुखाई हुन सक्छ । यी दुबै अवस्थामा नसामा दबाव पर्दा रातको समयमा धेरै पिडा हुने गर्दछ ।
४. गलत तरिकाले उठबस
खुट्टा दुख्ने धेरै सामान्य कारणहरु पनि छन् जस्तो तपाईं कसरी बस्नुहुन्छ र कस्तो जुत्ता लगाउनुहुन्छ । लामो समयसम्म बस्ने वा उभिने, हिँड्ने वा दौडिने गर्दा पनि खुट्टा दुख्ने समस्या हुन्छ । जुन दुखाई औषधी खाँदा वा व्यायाम गरेर पनि निको हुन सक्छ ।
५. खुट्टाको बनावट
कतिपयलाई खुट्टाको बनावटका कारणले पनि रातमा दुखाई हुने गर्दछ । खुट्टाको पैतला एकदमै चेप्टो वा समतल भएको व्यक्तिलाई खुट्टा वा कुर्कुच्चाको दुखाई धेरै हुने गर्दछ ।
खुट्टामा हुने दुखाई धेरै प्रकारका हुने गर्दछन् । त्यसैले तपाईंको पनि यी मध्ये कस्तो खालको दुखाई हो त्यो पहिचान गर्न एकदमै आवश्यक हुन्छ । जसअनुसार तपाईंले आफ्नो दुखाई