• फाल्गुन २६ २०८२, मंगलवार

अर्कै केटासित बिहे हुनै लाग्दा पूर्वप्रेमीले गरे काजलको गोलीहानी हत्या

असार १० २०८१, सोमबार

एजेन्सी । बिहेका लागि शृङ्गार गरिरहेकी बेहुलीका लागि आफ्नै पूर्वप्रेमी काल बनेका छन् । बिहेकै दिन ती युवती पूर्वप्रेमीबाट मारिएकी हुन् । भारतको उत्तर प्रदेश राज्यको झांसीमा उक्त घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश राज्यको दतिया जिल्लाको सोनागिरि थाना क्षेत्र अन्तर्गत बरगाउँ निवासी २२ वर्षीय काजलको बिहे झांसीका राज नाम गरेका युवकसँग तय भएको थियो ।

झांसीकै निशा गार्डनमा वैवाहिक समारोह चल्दै थियो भने नातेदारहरू आउने क्रम सुरु भइसकेको थियो । जन्ती आउनुभन्दा केही अघि काजल बेहुलीको शृङ्गारका लागि बहिनी र केही साथीसँग ब्युटीपार्लर गएकी थिइन् । शृङ्गार अन्तिम चरणमा पुग्दै गर्दा ब्युटीपार्लरमा एक युवक फिल्मशैलीमा आइपुगे ।

ती युवकले काजललाई बाहिर बोलाए तर उनी गइनन् । त्यसपछि युवकले उनीमाथि गोली प्रहार गरे । काजललाई तत्कालै अस्पताल लगियो । काजललाई चिकित्सकले मृत घोषणा गरे ।

गोली प्रहार गर्ने युवक काजलकै पूर्वप्रेमी रहेको बताइएको छ । काजलकी बहिनी नेहाले भनिन, ‘दिदी तयार हुँदै थिइ, यत्तिकैमा त्यो केटा आएर दिदीलाई बोलायो । दिदी बाहिर जान मानिन । सिसा फुटाएर भित्र पस्दै उसले दिदीलाई गोली हान्यो ।’

नेहाका अनुसार गोली हान्ने युवक उनीहरूकै गाउँ निवासी हो, जसको नाम दिपक हो । प्रहरीले गोली हानेर फरार भएका युवकको खोजी सुरु गरेको छ ।