काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपनलिका फत्तेपुरका रञ्जित पासवानको परिवारमाथि भएको सांघातिक आक्रमणम विरुद्ध काठमडौंमा पत्रकार सम्मेलन गरी दोषीलाई कारवाहीको माग गरिएको छ ।
एकीकृत दलित मुक्तिमोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र दलित अधिकार मञ्च नेपालद्वारा संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा यस्तो कारवाहीको माग गरिएको हो ।
यही आषाढ १ गते २०औं वर्षदेखि ऐलानी जग्गामा बस्दै आएका पासवान समुदायमाथि यादव समुदायका मानिसहरुले आक्रमण गरेर रञ्जित पासवानको परिवारलाई सख्त घाइते बनाएका थिए । आक्रमणमा संलग्न रहेका रोसन यादव, हरिसुदन यादव, निरज यादव, राम यादव, विवेक यादव, ऋषि यादव, प्रितम यादव र रोहित यादव लगायतकालाई कारवाहीको माग गरिएको छ ।
पासवान परिवारमाथि लाठी, खुकुरी र चिर्पट लगायतले प्रहार गरिएको छ । आक्रमणमा रञ्जित पासवान, मुसुनीदेवी पासवान, रञ्जित पासवान, ऋतु पासवान र राखी पासवान घाइते भएका छन् । सो अवसरमा उनीहरुलाई जातीय विभेद हुने गालीगलौज पनि गरिएको पीडितले बताइएका छन् ।
पीडितहरुले न्यायको लागि उजुरी दिँदा पनि पीडकहरुलाई राज्यले जोगाउन खोजेको दाबी गरिएको छ । ४ दलित संगठनहरुले आज एक विज्ञप्ति जारी गर्दै आपराधिक घटनामा संलग्नलाई छिटो भन्दा छिटो कारवाहीको माग गरिएको छ भने घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको माग पनि गरिएको छ । नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष रविन्द्र छटुञ्जेलले सुकुमबासी पासवानका परिवारमाथि यादव समुदायका व्यक्तिले गरेका आक्रमण निन्दनीय भएको भन्दै प्रहरीले उजुरी नलिएकोप्रति आक्रोश व्यक्त गरे । उजुरी नलिुनमा सरकारी मानिसहरुको हात रहेको उनको भनाई रहेको छ ।
उजुरी किन लिएको भन्दा जागीरको सिडियोले सवाल रहेकोे भनेको उनको भनाई रहेको छ । सो अवसरमा पीडित रञ्जित पासवानले दर्ता जग्गामा बस्दै आएका यादवहरुले ऐलानीमा बस्दै आएका आफूहरुलाई आक्रमण गरेर भगाएको र घाइते बनाएको दुखेसो पोखे । नगरपालिकाले बस्न दिएको स्थानबाट यादवहरुले आफूलाई हटाउन खोज्नु गलत भएको पासवानको भनाई रहेको छ ।
पासवानले आफ्ना बुवा, आमा, श्रीमती र बहिनीहरुलाई यादव समूहले चिर्पटले हानेर सख्त घाइते बनाएकोले टाउकोमा टाँका लगाइएको तर प्रहरीले उनीहरुमाथिको उजुरी नलिएको बताए । ४ वर्ष अघि पनि उनीहरुले यस्तो दमन गर्ने गरेको बताए । उनले सिके राउतको साला पर्नेहरुले आफूलाई आक्रमण गरेको भन्दै जनमत पार्टीका सांसद महेश यादवको दबाबका कारण प्रहरीले मद्दा दर्ता नगरेको पनि उनले दाबी गरे ।
सो अवसरमा एकीकृत दलित मुक्ति मोर्चाका अध्यक्ष दर्शनकुमार नेपालीले यदि निहत्था दलित समुदायमाथि गरिएको आक्रमणविरुद्ध परेको जाहेरी किन नलिएको ? भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरे । उनले गरिव दलितहरुमाथि आक्रमण गर्दा प्रशासन र पार्टीहरु कहाँ लुकेका छौ ? भन्दै प्रश्न गरे ।
कार्यक्रमका अर्का वक्ता राजकुमार पासवानले सिके राउतको पार्टीको प्रदेश सांसद तथा संसदीय दलको नेता महेश यादवले नै पीडितले दिएको उजुरी फिर्ता गर्न लगाएको आरोप लगाए ।