• मंसिर १३ २०८१, बिहीबार

प्रधानमन्त्रीले रोस्ट्रमबाट विलौना गरेको सांसद केसीको आरोप

असार १० २०८१, आईतवार

काठमाडाै‌ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोस्ट्रमबाट बिलौना गरेको टिप्पणी गरेका छन् ।

सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारका मन्त्री, शीर्ष नेता तथा सांसदहरू अनुपस्थित भएको भन्दै उक्त विषय गम्भीर भएको बताएका थिए ।

सोही विषयमा सांसद केसीले रोस्ट्रमबाट प्रधानमन्त्रीले विलौना गरेको बताए । प्रधानमन्त्रीले उठाएको यो विषय गम्भीर रहेको केसीको भनाइ छ । आफ्नो सहयोगीहरू पनि अनुपस्थित रहेकाले कस्ता सहयात्रीको साथमा हुनुहुन्छ भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे ।