• आश्विन १३ २०८१, आईतवार

किन घुर्छ मानिस ? छुटकारा पाउन के गर्ने ?

असार १० २०८१, आईतवार

घुर्नुलाई राम्रो मानिँदैन । चिकित्सकका अनुसार स्वास्थ्यको हिसाबले हेर्ने हो भने पनि यसले स्वास्थ्यमा दूरगामी असर पार्न सक्छ । राति या दिउँसो निदाएको बेलामा घाँटी र नाकको श्वास नली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ । तब साँघुरो नलीबाट छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँछ ।

यसबाट छुटकारा पाउन के गर्ने ?
धेरै मानिसहरू उत्तानो परेर सुत्दा धेरै घुर्ने गरेको विभिन्न अध्ययनहरूले बताएका छन् । त्यसैले कोल्टे परेर सुत्ने गर्दा यो समस्या कम हुँदै जान्छ ।

यसका अलावा अत्यधिक धूमपान, मद्यपान र लागूऔषधबाट टाढा रहने, सुत्नुभन्दा ३ घण्टा अगाडि नै खाना खाने, खानामा कम मसला, चिल्लो, पिरो खाने ।

यस्तै, नियमित रूपमा व्यायाम र प्रशस्त मात्रामा पानी पिउने, शरीरमा भएको मोटोपना घटाउने, राती सुत्दा झ्याल वा भेन्टिलेसनबाट हावा आवतजावत हुने गरी वातावरण बनाएर सुत्ने गर्नु पर्दछ ।

समस्या समाधानका अन्य उपाय यस्ता छन्–
१. बेसारलाई धेरैजसो समस्याको रामवाण मानिन्छ । प्रत्येक रात सुत्नुभन्दा अघि दूधमा बेसार मिलाएर पिउँदा पनि घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

२. प्रत्येक सुत्नु पूर्व मनतातो पानीमा इलायची वा यसको धुलो मिलाएर पिउनुहोस् । यसले पनि निद्रामा घुर्ने बानीलाई दूर गर्न मद्दत गर्दछ ।

३. एक कप मनतातो पानीमा एक चम्चा बेसार र मह मिलाएर राम्ररी घोल्नुहोस् । प्रत्येक रात सुत्नुभन्दा अघि यसलाई पिउनुहोस् र यसले केही दिनमा नै असर गर्न सुरु गर्दछ ।

४. सुत्नु अघि मनतातो पानीमा पुदिनाको तेलको केही थोपा राखेर कुल्ला गर्नुहोस् । यसो गर्दा नाक बन्द भएको ठीक हुन्छ र सास लिन पनि सहज हुन्छ ।

घुर्ने समस्या धेरै नै भयो भने चिकित्सकको सल्लाह र परामर्श लिनु जरुरी छ ।