काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे ।
उनले भने, ‘शुभकामना छ । रास्वपाको दुई वर्षे कार्यकाल राम्रै छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारूढ गठबन्धनमा आबद्ध भएको छ ।