• आश्विन १३ २०८१, आईतवार

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायहरू

असार ९ २०८१, शनिबार

काठमाडौं ।  सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी हुने गर्दछ । यो समस्या बच्चा, वृद्ध सबैमा हुन सक्छ । यो समस्या केही दिनमा आफैँ ठिक हुन्छ भने कहिलेकाहीँ लामो समयसम्म पनि हुन सक्छ ।

पिसाब पोल्ने समस्या गर्मी समयमा बढी हुने गर्दछ । यसका अलावा शरीरलाई आवश्यक पानीको मात्रा कम भएर वा लामो समय सम्म पिसाब रोक्नाले पनि पिसाब पोल्ने हुन सक्छ ।

यसका साथै मुत्र नलीको संक्रमण, मिर्गौलामा पत्थरी, शरीरमा पानीको कमी, अल्सर, गर्भवतीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, मधुमेह, तथा मूत्रनली खुम्चिनु लगायतका कारणले पनि पिसाब पोल्न सक्छ ।

पिसाब पोल्ने समस्या कम गर्ने घरेलु उपायहरू
– प्रशस्त पानी वा झोलिलो पदार्थ पिउने
– दैनिक १ गिलास गाँजरको रस पिउने
– फोहोर शौचालयको प्रयोग नगर्ने
– बोटैमा पाकेको अर्गानिक फल खाने
– अमला, हर्रो, बर्रो एक गिलास पानीमा भिजाइ बिहान सेवन गर्ने
– मेथीको साग खाने
– अमिलो फलफूल जस्तै कागती, सुन्तला जस्ता फलफूल खाने
– सरसफाइमा विशेष ध्यान दिने
– कटन वा सुतीको कपडाको अण्डरवेयरको प्रयोग गर्ने