• मंसिर ११ २०८१, मंगलवार

भक्तपुरको नलिञ्चोकमा बनाइएको हेलिप्याड मन्त्री तामाङले गरे उद्घाटन

असार ८ २०८१, शुक्रबार

७ असार, काठमाडौं । त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार हेलिप्याडको उद्टघान गरेका हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका –१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो हेलिप्याड बनेको छ ।