• मंसिर ११ २०८१, मंगलवार

इङ्ल्यान्डसँग ८ विकेटले पराजित भयो वेस्ट इन्डिज

असार ७ २०८१, बिहीबार

काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ । इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोज्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्ता दिएको थियो ।

सुरुवाति ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो । १८१ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

इङ्ल्यान्डका लागि फिल साल्टले नटआउट ८७ रनको अर्धशतकीय पारी खेलेका थिए । ४७ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै जोनी बेरिस्टोले पनि नटआउट ४८ रन जोडे । इङ्ल्यान्डका जोस बट्लर २५ रन जोड्दै आउट हुँदा मोइन अलि १३ रन जोडेर आउट भएका थिए ।

वेस्ट इन्डिजका लागि आन्द्रे रशेल र रोस्टन चेजले १र१ विकेट लिए । यसअघि पहिलो इनिङ्समा वेस्ट इन्डिजका लागि ब्रान्डन किङ २३ रन बनाउँदै रिटायर्ड हर्ट भएका थिए ।

त्यस्तै जोनसन चाल्र्स ३८ रन बनाउँदै पेभेलियन फर्कंदा निकोलस पुरन र रोभमन पावेल ३६–३६ रन जोड्दै आउट भए । आन्द्रे रसेल १ रनमा आउट हुँदा नटआउट रहेका ब्याटरद्वय शेरफेन रदरहुडले २८ तथा रोमारियो शेफर्डले ५ रन जोडे ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, अदिल रशिद, मोइन अली र लियम लिभिङ्स्टनले १-१ विकेट लिए ।