• मंसिर ११ २०८१, मंगलवार

खेलकुद क्षेत्रलाई बुझ्ने विषयमा प्रधानमन्त्री नै गम्भीर बन्नुपर्छ : मेटमणि चौधरी

असार ६ २०८१, बुधबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खेलकुद क्षेत्रको विकासमा गम्भीर बन्न आग्रह गरेका छन् ।

उनले सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा कम बजेट विनियोजन गरेको उल्लेख गर्दै त्यसको विकासमा ध्यान दिन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराए ।

बुधबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले सरकारले खेलकुद क्षेत्र र युवा समुदायलाई उपेक्षित गरेको भन्दै आपति जनाए ।

उनले खेलकुद मन्त्रालयको महत्व बुझ्ने विषयमा पनि ख्याल गर्न सरकारलाई सचेत गराए । प्रमुख सचेतक चौधरीले राष्ट्रिय खेलाडीहरूलाई नियमित पारिश्रमिकको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । प्रमुख सचेतक चौधरीले खेलाडी उत्पादन गर्ने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।