• आश्विन १२ २०८१, शनिबार

शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ

असार ५ २०८१, मंगलवार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा एक जना पक्राउ परेका छन् ।  जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन ।

उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन । यस घटनामा प्रहरीले एक जना पुरूषलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको  हाे । पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन् ।