• आश्विन १२ २०८१, शनिबार

टिचिङ अस्पतालकै अगाडीको मेडिकलमा म्याद गुज्रेका औषधी भेटिएपछि कारवाही गर्न महानगरको सिफारिस

असार ५ २०८१, मंगलवार

काठमाडौं  । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ । यो फार्मेसी महानगरपालिकाको वडा नम्बर ३, महाराजगञ्जमा रहेको टिचिङ हस्पिटल (शिक्षण अस्पताल) को प्राङ्गणमा छ ।

उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधि बिक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका औषधि पनि फेला परेका थिए ।