• आश्विन ५ २०८१, शनिबार

रुषलाई सहयोग गरिरहे चीनले गम्भीर परिणाम भोग्नुपर्ने नेटो प्रमुखको चेतावनी

असार ५ २०८१, मंगलवार

वासिंटन डिसी । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख जेन्स स्टोलनेनवर्गले युक्रेनमाथिको आक्रमणमा रसियालाई सहयोग गरिरहे चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

चीनले रसियाको युद्धको प्रयासलाई सघाउने र युरोपेलीसँग पनि सम्बन्ध विस्तार गर्ने दुवै खालका काम एक साथ गरिरहेको समेत उनले आरोप लगाएका छन् ।

‘यो लामो समयसम्म चल्न सक्दैन’ स्टोटेनवर्गले बीबीसीसँग वासिंटन भ्रमणका क्रममा भनेका छन् । उनले रासायनिक हतियार र प्रतिरक्षा बजेटको बारेमा समेत चर्चा गरेका छन् ।

रसियालाई चीनको समर्थनका बारेमा केही गर्ने तयारीका बारेमा राखिएको जिज्ञासामा उनले नाकाबन्दीको बारेमा कुराकानी भइरहेको समेत जनाएका छन् ।

चीनले थुप्रै प्रविधि सेयर गरिरहेको आरोप लगाउँदै जसमा माइक्रो इलेक्ट्रोनिक पनि रहेको र त्यो रसियाका लागि निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । चीनले यो क्रम रोकेन भने कुनै चरणमा गएर कुनै प्रकारको आर्थिक मूल्य भोग्नुपर्ने समेत उनले बताएका छन् ।