• असार १३ २०८१, बुधबार

प्रहरीको विश्वसनीयता गुम्दै गइरहेको सांसद प्रदीप पौडेलको भनाई

असार ५ २०८१, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन् । उनले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको बताए ।

उनले सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रस्तुत गर्न नसकेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताए ।

उनले विगतका सरकारहरू र मन्त्रीका कारणले वर्तमान व्यवस्थामाथि टिकाटिप्पणी भइरहेको बताए । सांसद पौडेलले योजना छनोट र बजेट विनियोजनप्रति आफ्नो गम्भीर प्रश्न रहेको बताए ।