• आश्विन ५ २०८१, शनिबार

कर्णालीलाई बजेटमा उपेक्षा गरिएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको कडा आपत्ति

असार ५ २०८१, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शाहीले कर्णालीलाई यसै गरी उपेक्षा गरिए कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिए ।

आर्थिक वर्ष २०८१-८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको शाहीको भनाइ छ । कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्न सक्ने उनले चेतावनी दिए ।

‘कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन । कुनै दल रहेन । अब यही अवस्था यदि सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रीय दल बन्न सक्छ,’ शाहीले भने ।

सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दा कम बजेट गएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो ? भन्दै शाहीले प्रश्न गरे । कर्णाली प्रदेशलाई अपमान गर्ने भए कर्णाली प्रदेशको सिंजाबाट आएको नेपाली भाषा नबोली आफ्नै भाषा निर्माण गर्न पनि उनले चेतावनी दिए ।

‘भौतिकमन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो ? म आज सभामुखलाई भन्न चाहन्छु, यो भाषा कर्णालीको हो । यो भाषा संसदमा नबोल्नुस्, शाहीले भने, ‘संसदमा कर्णालीलाई अपमान गर्नुहुन्छ भने तपाईंहरूले आफ्नो भाषा निर्माण गर्नुस् । यो जुम्लाको सिँजा, कर्णालीबाट आएको भाषा हो ।’