• असार १३ २०८१, बुधबार

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी धर्नामा

असार ५ २०८१, मंगलवार

४ जेठ, काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना दिएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले संसद परिसरमै धर्ना दिएका हुन् ।

११ बुँदे माग राखेर उनीहरु आन्दोलित छन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ । नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए ।

‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’ उनले प्रश्न गरे । नियम अनुसार भत्ता दिन उनको आग्रह छ ।