• मंसिर १२ २०८१, बुधबार

मंगलबारको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?

असार ५ २०८१, मंगलवार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले  आज २०८१ साल असार ४ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शून्य पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०३ पैसा र बिक्री दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।