काठमाडौं । काठमडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् । यही जून १९ र २० तारेखमा साओ पाउलोमा हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी पूर्वाधार सल्लाहकार सुनील लम्सालसहित सोमबार बिहान त्यसतर्फ लागेका हुन् ।
शहरी आवास र भवनहरूको विषयमाथि खास छलफल हुने बैठकमा मेयर बालेनले पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनी मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् ।
यो समिति संसारका ठूला १ सय ५० भन्दा धेरै महानगरहरूको आबद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामूहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।
समिति बैठकले शहरमा आवासीय चुनौती सामना गर्न तथा सभ्य र सहज आवासका विषयमा समान धारणा बनाएर आवश्यक निर्णय लिने बताइएको छ । मेयर शाह ८ असारमा स्वदेश फर्किनेछन् । प्रमुखका साथमा छन् ।