• मंसिर ११ २०८१, मंगलवार

नेपाली मुस्लिम समुदायले यसरी मनाए बकर इद

असार ४ २०८१, सोमबार

काठमाडाै‌ । आज काठमाडौंलगायत मुलुकभरका मुस्लिम समुदायले बकर इद (अल–अजहा) मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीहरूले आफ्नो दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाएका हुन् ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीले यो पर्व मनाए ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।