• असार १३ २०८१, बुधबार

‘फलको राजा’ आँप खानुका फाइदा

असार ४ २०८१, सोमबार

आँप स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । अहिले बजारका हरेक फलफूलका पसलमा आँप देखिन्छन्। आँप बालबालिकादेखि वृद्धासम्मलाई मनपर्ने रसिलो गुलियो र सारै स्वादिलो फल हो। धेरै जनाले आँपका फाइदा जानेर वा नजानेर नै सेवन गर्ने गर्छन्। तर आँपका धेरै फाइदा छन्।

पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’ लगायतका तत्त्वहरू पाइने चिकित्सक बताउँछन्। आँपमा पाइने एण्टीअक्सिडेन्ट भिटामिन, फाइबरले क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ। भिटामिन बी कम्प्लेक्स, बी ६, आइरन तथा केही क्याल्सियम, जिंक र भिटामिन ‘ई’ पनि पाइन्छ।

आँपका फाइदा
– आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ।

– आँपले शरीरमा रगतको मात्रा बढाउँछ। त्यसैले रगतको मात्रा कम हुने मानिसले पनि आँप खानु लाभदायक हुन्छ।

– आँपको सेवनले मस्तिष्कलाई स्वस्थ राखी स्मरण शक्ति बढाउन मद्दत गर्छ।

– आँपमा प्रशस्त मात्रामा पाइने फाइबर र ‘भिटामिन सी’ ले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।

– तौल बढाउन चाहनेका लागि दैनिक रूपमा आँप सेवन लाभदायक मानिन्छ।

– आँपमा हुने ’भिटामिन ए’ ले आँखा तेजिलो बनाउन मद्दत गर्छ।

– आँपमा पाइने फाइबरले पाचन शक्तिलाई बलियो बनाउँछ।मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ। फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ।

– आँपको सेवनले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ। आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ।

– आँपको सेवनले प्रजनन क्षमता बढाउन मद्दत गर्छ। आँपमा हुने ‘भिटामिन ई’ ले मानिसमा यौन क्षमता बढाउन मद्दत गर्छ। त्यसैले आँपको सेवन लाभदायक मानिन्छ।