काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा रीतबहादुर खड्का क्रान्तिकारीहरूको प्रेरणाको स्रोत रहेको बताएका छन् ।
आइतबार नेकपा (माओवादी केन्द्र)को प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ले आफ्नो क्रान्तिकारी र गतिशील नेता भएको खड्काले जीवनकालमा उल्लेखनीय प्रगति गरेको बताए ।
“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।”
सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।