• असार १३ २०८१, बुधबार

डेङ्गु ज्वरो आएपछि के गर्ने ?

असार ३ २०८१, आईतवार

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ।डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन्।

डेङ्गु ज्वरो छ आएको कसरी थाहा पाउन सकिन्छ ?
डेङ्गु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ ।

तपाईंको नसाबाट लिइएको रगतको नमूना लिईन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाईन्छ । रगत परीक्षणबाट तपाई डेङ्गु भाइरसबाट प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी पाउन सकिन्छ ।

डेङ्गु ज्वरोको यसरी नियन्त्रण गर्न सकिन्छ:

  • प्रशस्त पानी र तरल पदार्थ पिउने
  • सकेसम्म धेरै आराम गर्ने
  • ज्वरो नियन्त्रण गर्नका लागि Paracetamol को प्रयोग गर्ने
  • इबुप्रोफेन (Ibuprofen) वा एस्पिरिन (Aspirin) को प्रयोग नगर्ने। यी औषधीले आन्तरिक रक्तस्रावको खतरा बढाउन सक्छ ।